लिम्वुवान स्वायत्त राज्यको अपरिहार्यता र सिमाना

लिम्बुवान राष्ट्रिय मोर्चा तथा
लिम्बुवानको सिमा सम्बन्धी छलफल कार्यक्रमका अध्यक्ष ज्यू ।
यहा उपस्थित सम्पूर्ण महानुभावहरु, पत्रकार मित्रहरु,
सज्जन तथा महिला वृन्द ।
देश अहिले अत्यन्त संक्रमण कालमा गुज्री रहेको छ । यो संक्रमण काल एवं संगिन घडीबाट देशलाई मुक्ति दिलाउनु हामी तमाम नेपालीहरुको दायित्व हो । (more…)

October 6, 2007 at 1:28 am 2 comments

लिम्वुवान सिमाना सम्वन्धी हङकङ घोषणा जारी

२३ सेप्टेम्वर २००७ मा लिम्वुवान राष्ट्रिय मोर्चाद्वारा आयोजित लिम्वुवान सिमा सम्वन्धी जानकारी तथा वृहत छलफल कार्यक्रममा लिम्वुवानवासी विचमा भएको वृहत छलफल कार्यक्रमले छलफल पश्चात लिम्वुवानको सिमा सम्वन्धी एक वुंदे हङकङ घोषणा जारी गरेको छ । सो वमोजिम लिम्वुवानको सिमाना निम्न उल्लेख छः (more…)

October 6, 2007 at 12:52 am Leave a comment

लिम्वुवान राष्ट्रिय मोर्चा -लिरामो – को घोषणा पत्र जारी

२० मे २००७ आईतवारको दिन याउमा तेइ कम्युनिटी सेन्टर हङकङको सभाकक्षमा लिम्वुवान राष्ट्रिय मञ्च-लिराम द्वारा संविधान सभाको चुनावमा लिम्वुवानवासीहरुको भूमिका र लिम्वुवान राष्ट्रिय मञ्च-लिराम को घोषणा पत्र घोषणा सभा शिर्ष सम्वन्धमा एक कार्यक्रम राखिएको थियो । (more…)

May 23, 2007 at 2:10 am Leave a comment

लिराम र माओवादी नेताविच स्वायत्त लिम्वुवान राज्य सम्वन्धी छलफल

हङकङ- १२ फेव्रुवरी २००७ सोमवार वेलुका हङकङ वर्कस युनियनको कार्याकक्ष काउलुन जोर्डनमा लिम्वुवान राष्ट्रिय मञ्च-लिराम) को आयोजनामा लिम्वुवान स्वायत्त राज्य शिर्षमा लिम्वुवान राष्ट्रिय मञ्च र नेपालवाट आउनु भएका माओवादी द्वय नेताहरु देव गुरुङ -सदस्य माओवादी केन्द्रीय कमिटी) र जयपुरी र्घर्ती मगर-अध्यक्ष अखिल नेपाल क्रान्तिकारी महिला संघ) विच छलफल सम्पन्न भयो । लिम्वुवान राष्ट्रिय मञ्चको सचिव अविचन्द्र इङनामको सञ्चालन तथा सदस्य मदन कन्दङवाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सभापतित्व मञ्चको संयोजक दिल पालुङवा लिम्वुले गर्नुभएको थियो । (more…)

February 23, 2007 at 2:42 am Leave a comment

१२ डिसेम्वरमा लिम्वुवान बन्द हुने

माओवादी र सात दलको शान्ति शिखर वार्ताले देशको पुनः संरचना गरी संघात्मक शासन व्यवस्था सम्वन्धी कुनै पनि कुराहरु नल्याएको बिरोधमा आगामी १२ डिसेम्बर लिम्बुवान क्षेत्र बन्द गरिने भएको छ। आदिवासी जनजातिहरु, मधेशीहरुको सवालमा सत्ताधारीहरुले संघीय राज्यको अवधारणा ल्याउन र स्वायत्त लिम्वुवान राज्यको घोषणा गर्न दवाव स्वरुप १२ डिसेम्वर २००६ मा लोकतान्त्रिक राष्ट्रिय मञ्च अर्न्तर्गतको लिम्वुवान राज्य परिषदको संयोजकत्वमा लिम्वुवान स्वायत्त सरोकार मञ्च तथा लिम्वुवान राष्ट्रिय मञ्च लगायत लिम्वुवानवादीहरुको समन्वय तथा ऐक्यवद्वतामा पूर्वी नेपालको अरुण पूर्व र मेची पश्चिमको भूभाग ताप्लेजुङ, पानथर, इलाम, झापा, संखुवासभा, तेरथुम, धनकुटा, सुनसरी र मोरङ गरी नौ जिल्लामा अवस्थित लिम्वुवान वन्दको आयोजना गरिने भएको छ।लिम्वुवान राष्ट्रिय मञ्चका संयोजक दिल पालुङवा लिम्वुका अनुसार बन्दको प्रभाव सरकारमा कतिको पर्छ? सो हेरी आवश्यकता अनुसार चरणवद्व रुपमा ३६ घण्टे हुदै अनिश्चितकालीन सशक्त आन्दोलन जारी रहने बताइएको छ।

December 8, 2006 at 1:44 am Leave a comment

लीरामको लिम्वुवान राज्य सम्वन्धी छलफल कार्यक्रम

हङकङ १२ नोभेम्वर २००६ को दिन लिम्वुवान राष्ट्रिय मञ्च हङकङको तत्वावधानमा लिम्वुवानको गतिविधी र लिरामको भूमिका विषयमा एक वृहत कार्यक्रम काउलुन जोर्डन स्थित एक रेस्टुरेण्टमा सम्पन्न भएको थियो । कार्यक्रम लिरामको संयोजक दिल पालुङवा लिम्वुको सभापतित्वमा र संचालन मञ्चको सदस्य सुरेस सुव्वाले गर्नुभएको थियो ।

अधिकांश सहभागिहरुले माओवादिहरुको किरात प्रदेशको सवालमा विमती जाहेर गरेका थिए । लिम्वुवानको आफनो राज्य सम्वन्धी छुट्टै ऐतिहासिक आधार भएकोमा कसैले पनि लिम्वुवानको सवालमा नेगेटिभ कुरा गर्न नहुने र नसक्ने वताएका थिए । सरकारले पनि लिम्वुवान स्वायत्तको लागि सकरात्मक सोच राख्दैन भने त्यो भन्दा माथिल्लो स्तरको माग लिएर अघि वढ्नुपर्ने राय व्यत्त गरेकाथिए ।

त्यस्तै गरी लिरामको संयोजक दिल पालुङवा लिम्वुले माओवादी र सात दल विच भएको समझदारीमा सम्वन्धित पक्षले ऐतिहासिक कार्य भएको भनिएता पनि आदिवासी जनजातिहरु तथा संघीय अवधारणाको सवालमा स्पस्ट रुपमा कार्यक्रम ल्याउन नसकेको र राजालाई वचाउने चाल गरिएकोमा असहमति तथा घोर आपत्ति जनाउनुभएको थियो । त्यस्तै गरी लिम्वुवानको सवालमा सात दलले कुनै पनि कार्यक्रम नल्याएको र माओवादीहरुले लिम्वुवानको अस्तित्व नामेट पार्न कोशिस गरेको तथा माओवादी नेताहरु वादल र गोपाल खम्वुले लिम्वु तथा लिम्वुवानलाई इतिहासले क्षमा नगर्ने गरी लिम्वु लिम्वुवान मामिलामा खुलेर लागेकोमा लिम्वु तथा लिम्वुवानले पनि यस्तो कुराहरुको सशत्त ढंगले प्रतिकार गर्दै लिम्वुवान राज्य प्राप्तिको सवालमा एकजुट भएर लाग्न आव्हान गर्नुभएको थियो । स्मरण रहोस वादल र खम्वुले लिम्वुहरुलाई दरवारीया,जर्नेलहरुले चलाएको विदेशी संस्था तथा डलरले चलाएको वताएका थिए भने खम्वु अझ अगाडि वढ्दै लिम्वुहरुलाई किराती भन्ने अधिकार हुदैन यदि लिम्वुले लिम्वुवान चाहन्छन भने भनेका थिए । साथै दल माओवादीहरुको यस्तै प्रकारको रवैया हो भने आवश्यक परेमा संविधान सभा लगायतको लिम्वुवान विरोधी कार्यहरुमा दलहरु तथा भावी सरकारको काम कार्वाहीको वहिस्कार गर्दै क्रान्ति गर्न तयार हुनपर्ने वताउनु भयो । जनजाति महासंघ हङकङको महासचिव भुपेन्द्र चेम्जोङले पहिलेझैं अहिले पनि दलहरुले जनजातिहरुलाई धोका दिएको वताउनु हुदै सम्पूर्ण जनजातिहरु एक भै दलहरुलाई दवाव दिनुपर्ने वताउनुभयो । कार्यक्रममा वीर वहादुर येङदेन,दिल फोम्वो,ज्ञानु मेन्याङवो आदिले आ आफनो धारणा राख्नुभएको थियो ।

November 15, 2006 at 1:22 am Leave a comment

स्वायक्त सम्पन्न लिम्वुवान राज्य सम्वन्धमा पठाएको चिट्टी र वुदाहरु

श्रीमान भक्तराज कन्दङवा ज्यु                                              मिती – २३ अगस्ट २००६

अध्यक्ष

किरात राष्ट्रिय मुक्ति मोर्चा

तथा मोर्चाको नेताहरु गोपाल किराती (more…)

September 12, 2006 at 1:51 am Leave a comment

लिम्वूवान राष्ट्रिय मञ्चले अन्तरिम मस्यौदा समितीलाई वुझाएको सुझावहरु

मिती – ३१ अगस्ट २००६


श्रीमान संयोजक ज्यू,
अन्तरिम संविधान तयारी समिती ।

विषयः सुझाव पेश गरिएको सम्वन्धमा । (more…)

August 28, 2006 at 9:34 am Leave a comment

विचार गोष्ठी

कार्य-पत्र

कार्यक्रम – विचार गोष्ठी । (more…)

August 17, 2006 at 1:10 pm Leave a comment

लिम्वुवान राष्ट्रिय मञ्चद्वारा गोष्ठी सम्पन्न

२३ जुलाई २००६ आईतवारको दिन लिम्वुवान राष्ट्रिय मञ्चको तत्वावधानमा संविधान सभाको चुनाव-संविधान निर्माण – संघात्मक शासन व्यवस्था र हाम्रो अवधारणाहरु शिर्षमा हङकङ जोर्डन स्थित गर्ल्स गाईड एशोसिएशनको एक सभा कक्षामा गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीको सभापतित्व मञ्चको संयोजक दिल पालुङवाले गर्नुभएको थियो । अथिती जनजाती महासंघ हङकङको महासचिव भुपेन्द्र चेम्जोङ रहनु भएको थियो भने सञ्चालन मञ्चको अर्थ प्रमुख एन पी पन्धाकले गर्नु भएको थियो ।
संयोजक दिल पालुङवावाट प्रस्तुत कार्यपत्र माथि वुद्धिजिवी जनजाती नेता रामकाजी र्राई, वुद्धिजिवी तथा ताप्लेजुङ समाज हङकङका अध्यक्ष विजय विक्रम लिङदेन , जनजाती महासंघका महासचिव भुपेन्द्र चेम्जोङले आआफ्नो तवरवाट सशक्त कुराहरु राखेका थिए । सवैले लिम्वुवान राष्ट्रिय मञ्चले राखेका सवालहरु समय सापेक्ष भएको र संघात्मक शासन व्यवस्था आजको आवश्यकता रहेको वताएका थिए । यसको लागि मञ्चले प्रचार प्रसार अभियानलाई ति व्रताको साथ अघि वढाउदै जनतालाई सुसूचित गर्दै लैजानु पर्ने आवश्यकता औल्याएका थिए । वर्तमान घडि जनजातिहरुको लागि सुवर्ण अवसर भएकोले सम्पूर्ण जनजातिहरु सशक्त ढंगले अघि वढ्नुपर्ने कुरा औल्याएका थिए ।
गोष्ठीमा लिम्वुवान राष्ट्रिय मञ्चले उठाएको आत्मा निर्णय समावेशी वहुदलीय संघीयवाद को धारमाथि पनि व्यापक छलफल भएको थियो । भुपेन्द्र चेम्जोङले राष्ट्रियतामा आच नआउने प्रकारको अवधारणा अघि सारेर जानु पर्ने सवालमा जोड दिनु भएको थियो । त्यस्तै विजय विक्रम लिङदेनले संघात्मक धारलाई उच्च महत्वको साथ अघि वढाउनु पर्ने सवालमा जोड दिनुभएको थियो । रामकाजी र्राईले जनजातिहरुको मूख्य शत्रु राजावाद तथा वाहुनवाद हो । यो दुइटावादको कुराको पहिचान गरी यसको समाप्ती पछि मात्र जनजातिहरुले राज्यमा आफ्नो हैसियत भएको महशुस गर्न पाउनेछन नत्र हिजो-आज जस्तो थियो भोलि पनि परिवर्तन नहुने वताउनु भयो । कार्यपत्र प्रस्तोता तथा मञ्चको संयोजक दिल पालुङवाले टिप्पणी कर्ताहरुको जवाफहरु दिदैं वर्तमान राजनैतिक तवरवाट जनजातिहरुको माग संघात्मक शासनव्यवस्था पुरा हुनुपर्दछ भन्ने पहिलो शर्त हो भने दोस्रो विकल्प भनेको संघीय लिम्वुवान राज्य स्थापना नहुइन्जेल सम्मको लर्डाई भएको जानकारी गराउनुभयो। साथै सम्पूर्ण जनजातिहरुलाई गोलवन्द हुन आव्हान गर्दै मोर्चा वनाएर अघि वढेमा वर्तमान अवस्थामानै पनि हाम्रो उद्धेश्य पुरा हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।

August 2, 2006 at 2:54 pm Leave a comment

Older Posts


Categories

  • Blogroll

  • Feeds